Widgets

नायिकाहरुलाई रातिमा पारिश्रमिक लिन बोलाई एसरी यौन शोषणमा हेर्नुस त्

Unknown | 16:46 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


विजय आवाज-काठमाडौं । सामान्य महिलाले समान कामका लागि समान ज्याला पाएनन् भनेर किन गुनासो गर्नु १ ठूलो पर्दामा नायिका बनेर समाजमा वाहीवाही कमाउने हिरोइनहरुले नै एक्काइशौं शताब्दीमा पनि पुरुषसरह समान पारिश्रमिक पाउन नसकेको गुनासो गरेका छन् ।

शुक्रबार संसारभर १ सय ३ औं अन्तरराष्ट्रिय नारी दिवस मनाइरहेका बेला नेपाली नायिकाहरुले यस्तो गुनासो गरेका हुन् ।महिलाले समान कामका लागि पुरुषसरह पारिश्रमिक पाउनुपर्ने नेपालको संविधानमै उल्लेख भए पनि चलचित्र कर्ममा लागेका नेपाली नायिकाहरुले नायकसरह समान पारिश्रमिक नपाएको गुनासो पोखेका हुन् । त्यही कम पारिश्रमिक लिनका लागि पनि मध्यरातमा मातेर बोलाउने गरिएको कतिपय नायिकाहरुको गुनासो छ ।


काम पुरुषकै जति, तर ज्याला किन कम ?
चपली हाइटकी बिनिता बराल भने नेपालका नायिकाहरु पारिश्रमिकमा शोषित भएको बताउँछिन् । यौन सम्बन्ध दुईजनाको सहमती नभई नहुने भएकाले त्यसलाई शोषण भन्न नमिल्ने बिनिताको तर्क छ । तर, पुरुषको तुलनामा बराबर काम गरे पनि आफुहरुलाई कम पारिश्रमिक दिइने गरेको उनको भनाइ छ ।
बिनिता भन्छिन्-‘एक लाखमा सहमति गर्‍यो भने, सुरुमा २५ हजार दिने, त्यसपछि कहिले राति, कहिले मदिरा सेवन गरेर पैसा लिन बोलाउने, मदिरा पिएपछि मात्र पैसा दिन्छु भन्ने जस्ता व्यवहारले हामी नायिकाहरु शोषित भएका छौ ।’ उनले पुरुषसरह महिलाले पनि काम गर्न सक्ने भन्दै नारीलाई प्रोत्साहन गर्न र हिरोलाई जति नै हिरोइनलाई समान पारिश्रमिक दिन आग्रह गरिन् ।

नायिका बेनिशा हमाल एक दिन नारी दिवस मनाएर नारी हिंसा नरोकिने तर्क गर्छिन् । तर, नारी दिवस भनेर एकदिन भएपनि जुन सम्मान दिइएको छ, त्यसलाई म स्वागत गर्छु ।’(उनले अनलाइनखबरसँग भनिन् । उनले नेपाली सिनेमाका नायिकाहरु पारिश्रमिकका हिसाबले शोषित भएको बताइन् । समान काम, समान ज्याला भन्ने नारा नेपाली सिने नगरीमा लागू नभएको भन्दै उनले दुःख व्यक्त गरिन् । पुरुषले जति नै समय र काम दिए पनि ज्यालामा किन फरक रु(उनले प्रश्न गरिन् ।

यौन शोषण अर्को समस्या
सिनेमा क्षेत्रमा यौन शोषण मुख्य समस्याका रुपमा चर्चामा आउने गरेको छ । यद्यपि खुलेरै भने कोही पनि यस विषयमा बोल्न चाहँदैनन् । धेरैको बुझाइ छ, यौन सहमतीमै हुन्छ । तर, सिने नगरीमा प्रवेश गर्ने धेरै नायिकाहरु बाध्यताका कारणले पनि यौन शोषणमा पर्ने गरेका छन् । कोही सिनेमा खेल्ने रहरमा यस्तो भूवँरीमा फसेका छन् ।

नायिका झरना थापाको आफ्नै तर्क छ । नबुझेर, अरुको लहलहैमा, कसैले फकाएर सिने नगरीमा प्रवेश गर्नेहरु यौन शोषणमा पर्ने थापाको भनाइ छ । तर, साहसी र आत्मनिर्भर भएको खण्डमा नायिकाहरु यौन शोषणमा नपर्ने उनको बुझाइ छ । नारी दिवसको अवसरमा झरनाले सिने क्षेत्रका महिलाहरुलाई शुभकामना दिँदै भनिन्,’अन्याय नसहने, साहसी एवं आत्मनिर्भर भएको खण्डमा कोही पनि शोषित हुनुपर्दैन ।’ तर, सिने नगरीमा प्रवेश गरेका नायिकाहरुले नै अर्की नायिकाको खुट्टा तान्ने, कुरा काट्ने र कम पारिश्रमिक लिएर अरुको भाग खोज्ने प्रथा रहेको थापाको गुनासो छ ।


नेपाली सिनेमाका नायिकाहरु विभिन्न कारणले शोषणमा छन् । तर, यसबारे कमैले मात्र आवाज उठाउने गरेका छन् । सिने नगरीमा विभिन्न समयमा आउने यौन शोषणका खबरले पनि यसको पुष्टि गर्दछ । तर, पछिल्लो समयमा नायिकाहरुलाई चलचित्र चलाउने मसलाका रुपमा प्रयोग गरिएको छ । नायिकालाई नंग्याएर सिनेमा चलाउन धेरैजसो निर्माणकर्ताहरु लालायित भएको देखिन्छ । तर, कतिपयले यस्तो कदमलाई हाँसेरै स्वीकार गर्दा शोषणको बिषय ओझेलमा परेको छ । नायिका श्रृषा कार्कीको निधन र जेशिका खड्काको आत्महत्या पनि शोषणकै एउटा नमूना रहेको बताउँछन् कलाकर्मीहरु ।


नारीबाटै शोषण
नायिका रेखा थापा सिने क्षेत्रमा पुरुषबाट नभई नारीबाटै शोषित भएको बताउँछिन् । बिकास बोर्डको अध्यक्ष पदका लागि आफूले दौडधुप गर्दा नारीहरुले नै विरोध गरेको उनको भनाइ छ । ‘म बिकास बोर्डको अध्यक्ष बन्न खोज्दा नारीहरुले नै खुट्टा ताने ।’(-थापाले भनिन् ।

गायिका दुर्गा खरेल भने नारी सौन्दर्यको खानी, ममतामयी आमा भएकाले सबैलाई सम्मान गर्न आग्रह गर्छिन् । तर, उनी आफू सिने नगरीमा कुनै पनि कुराबाट शोषित नभएको बताउँछिन् । आफुले भनेजस्तै पारिश्रमिक पाएको भन्दै उनले शारीरिक सम्बन्ध दुईजनाको सहमति हुने भएकाले त्यसलाई शोषण भन्न नमिल्ने दाबी गरिन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS