विवाहित महिलाले पिउछन बढी रक्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
विवाहपछि महिलाहरुलाई घरव्यवहारले चेँप्छ । त्यसकारण महिलाहरु बढि व्यवहारिक हुन्छन् र अल्लारे प्रवृत्ति छाड्छन् भन्ने हामी सबैको अनुमान हुनसक्छ । तर अरु विषयमा जे होला, रक्सी पिउने मामिलामा भने बिहे गरेपछि महिला झनै अल्लारे बन्छन् ।
पछिल्लोपटक गरिएको एक अध्ययनले विवाहपछि महिलाले बढि मदिरापान गर्ने देखाएको छ । अध्ययन अनुसार विवाहित महिलाले अविवाहित महिला तथा डिभोर्स गरेका महिलाले भन्दा बढि मदिरापान गर्छन् ।
तर पुरुषहरुको मामिलामा भने ठ्याक्कै उल्टो हुन्छ । अर्थात् विवाहपछि पुरुषहरुको रक्सी खाने दर केही घट्छ । वास्तवमा महिलाहरुले विहेपछि रक्सीको दर बढाउनुको कारण आफ्नो पार्टनरको दाँजोमा पुग्ने प्रयास गर्नु हो । उता विवाहित पुरुषले पनि कम रक्सी खाने आफ्नी पार्टनरको दाँजोमा पुग्न रक्सीपानको मात्रा घटाउँछ । अमेरिकाको सिन्सीनाटी विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार डिभोर्सपछि भने पुरुषको रक्सी खाने दर ह्वात्तै बढ्छ ।
‘जब दम्पतीले सँगै एक वा दुइवटा मदिराको बोतल खोलेर खान सुरु गर्छन्, त्यसबेला बुझ्नुपर्छ श्रीमतीले श्रीमानले भन्दा बढि रक्सी स्वात्तै पारिदिन्छिन्’, अध्ययनकर्ता एमीली रोविन्सनको भनाइ छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments