सेक्स पार्टनरसित झगडा भए
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
|
सेक्स पार्टनरसितको झगडाको सबैभन्दा ठूलो कारण प्रेम र आपसी विश्वासमा आएको कमी हुन्छ। जब दम्पतीबीच स-साना कुरालाई लिएर मतभेद सिर्जना हुनुका साथै त्यही मतभेद घृणामा परिवर्तन हुन थाल्छ तब त्यसले विस्तारै हिंसात्मक रूप लिन्छ। यौन चाहना हरेक व्यक्तिमा पाइन्छ र यो बिना महिला र पुरुष दुवैको जीवन अधुरो हुन्छ। सामाजिक मान्यताअनुसार सेक्सको पूर्ति दाम्पत्य सम्बन्धबाट नै हुन्छ। दम्पतीको आपसी सम्बन्ध सामाजिक एवं भावनात्मक सम्बन्धमा आधारित हुनुपर्छ तर बिडम्बना हिजोआज महिला-पुरुष दुवैले सामाजिक मान्यताहरूलाई खासै महत्त्व दिएको देखिँदैन।
आधुनिक समयमा विवाह जस्तो पवित्र सम्बन्धको स्थान अवैध सम्बन्ध र लिभ इन रिलेसनसिपले लिएको पाइन्छ। आत्मविश्वास वृद्धिसँगै आत्मनिर्भर हुँदै गएका महिलाले विवाहपछिको स्थितिमा पुरुष दबाब सहन सक्दैनन् र दुवैबीच मतभेद देखापर्छ अनि आपसी अहंले हिंसात्मक रुपमा मौलाउने अवसर प्राप्त गर्छ। यस्ता मामिलामा दुवै झुक्न वा सम्झौता गर्न तयार हुर्दैनन् जसका कारण समस्या बढ्दै जान्छ। परिणामस्वरुप अवैध सम्बन्ध बन्न थाल्छ र सम्बन्ध विच्छेदसम्मको स्थिति उत्पन्न हुन्छ।
आजका युवायुवतीहरू आफ्नो क्यारियरका लागि जेसुकै गर्न तत्पर रहन्छन्। यसका लागि कहिलेकाहीँ आफ्नो वैवाहिक सम्बन्धलाई नै तिलान्जलि दिन पनि उनीहरू पछि पर्दैनन्। वैवाहिक जीवनमा मतभेद सिर्जना हुने बित्तिकै एकअर्कामा आरोप-प्रत्यारोप लगाउनबाट जोगिनुपछर् । संयमित भएर समझदारीपूर्वक शालीन व्यवहार गर्दै मतभेद सुल्झ्याउने प्रयास गर्नुपर्छ। आजको भागदौड र तनावग्रस्त जीवनशैलीमा कसैले पनि कलह र द्वेशको चाहना राख्दैन, तर परिस्थितिवश नचाहँदा-नचाहँदै पनि यस प्रकारका समस्या सामना गर्नुपर्ने हुन्छ।
क्रोध एउटा जन्मजात स्वाभाविक क्रिया हो। केही व्यक्ति क्रोधमाथि नियन्त्रण गर्छन् भने केही आफ्नो क्रोधमाथि नियन्त्रण गर्न सक्दैनन् र हिंसात्मक हुन्छन्। त्यसैले सेक्स पार्टनरका बीच विवादको स्थिति अपशब्द र कुटपिटसम्म पुग्छ। यदि एकजना क्रोधको स्थितिमा छ भने अर्कोले आफूलाई संयमित राख्नुपर्छ। कारण क्रोधले क्रोधलाई नै प्रेरित गर्छ। मतभेद भए दुवै पार्टनरले एउटै शैलीमा क्रोध व्यक्त गरे बन्न लागेको काम कुरा पनि बिग्रन सक्छ। यदि दुवै पार्टनर क्रोधको स्थितिमा छन् भने एक-अर्कासित अपशब्द बोल्नबाट जोगिनुपर्छ, अन्यथा प्रतिक्रिया कुनै पनि हदसम्म जान सक्छ। क्रोधको स्थितिमा मस्तिष्क नियन्त्रण भन्दा बाहिर जान्छ। यस्तो स्थितिमा दुवैले एकअर्कालाई कुनै पनि कुरा उठाएर हिर्काउन सक्छन्। पुरुष पक्षमाथि के आरोप लाग्छ भने उनीहरू लामो समयसम्म एकजना पार्टनरसित रहे बोर हुन्छन्। त्यसपछि आफ्नो सन्तुष्टिका लागि उनीहरू यताउति भट्किन्छन्। यस्तो स्थितिमा उनीहरू आफ्नो अफिसमा काम गर्ने युवतीहरूसित पनि अवैध सम्बन्ध राख्न प्रेरित हुन्छन्। उक्त कुरा श्रीमतीलाई जानकारी भए दाम्पत्य जीवनमा कलह प्रारम्भ हुन्छ र स्थिति कुटपिट हुँदै सम्बन्ध विच्छेदसम्म पुग्छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
|
Category: New Gossips

0 comments