आठ वर्षीय बालकले गरे ६१ वर्षीया वृद्धासँग विवाह !
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
क्षिण अफ्रिकामा एक आठ वर्षीय बालकले ६१ वर्षीया वृद्धासँग विवाह गरेका छन् । सेनेले मासिलेला नामका स्कुले बालकले मृत भैसकेका पुर्खाको आदेशको हवावा दिंदै पाँच बच्चाकी आमा विधवा हेलेन शाबाङ्गुसँग विवाह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दक्षिण अफ्रिकाको शवानेमा झण्डै एक सय अतिथि उपस्थित वैवाहिक समारोहमा ती बालक र वृद्धाले औंठी साटासाट र चुम्बन गरेका थिए । मृतक पिता–पुर्खाको आत्माले शान्ति पाओस् भन्नका लागि विवाह गरेको बेहुला बालकले जनाएका छन् ।
विश्वले नै अचम्म मान्नेगरी भएको विवाह औपचारिक नमानी केवल रीत पूरा गरेको रुपमा लिन बेहुलाका परिवारले आग्रह गरेका छन् । बालकले ती वृद्धालाई मन पराउने भएकाले विवाहका लागि उनलाई नै रोजिएको परिवारले जनाएको छ । विवाहपछि उक्त बालकले भने खुसी ब्यक्त गरेका छन् । त्यसैगरी ती वृद्धाका छोराछोरीले पनि सो विवाहलाई लिएर खुसी ब्यक्त गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
Category: New Gossips
0 comments