Widgets

गर्भमा छोरा या छोरी कसरी वन्छन् ?अनी कसरी थाहा पाउने त? हेर्नुहोस्

Unknown | 06:35 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


जीवनको शुरुवात गर्ने क्षमता क्रोमोजोम भन्ने कुरामा रहेको हुन्छ। हरेक जीवीत वस्तुको शरीरका कोषहरुमा एउटा निश्चित संख्याका क्रोमोजोमहरु रहेका हुन्छन्। यी क्रोमोजोमहरु जोडीमा मिलेर बसेका हुन्छन्। जस्तै हरेक सामान्य मानिसका कोषहरुमा ४६ वटा वा २३ जोडा क्रोमोजोमहरु हुन्छन्। त्यस्तै बिरालोको १९ जोडा, कुखुराको ३९ जोडा क्रोमोजोम हुन्छन्। तर फरक देखिनु क्रोमोजोम को सँख्यामा मात्र नभै त्यस्मा हुने जीनहरु मा पनि भर पर्छ।



क्रोमोजोमहरु हजारौ लाखौं जीनहरु मिलेर बनेका हुन्छन्, जसमा जीवीत वस्तुका विभिन्न गुणहरुका मेमोरी सम्झना बसेको हुन्छ। आँखा कस्तो हुने, कपालको रंग कस्तो हुने, कतिको अग्लो हुने, छालाको रंग कस्तो हुने जस्ता विभिन्न गुणहरु यिनै क्रोमोजोममा भएका जीनहरुले निर्धारण गर्छन्। र यी जीनहरु बच्चाहरुले आमाबुवाबाट पाउने गर्छन्, त्यसैले त साधारणतया बच्चाहरुमा आमाबुवाका जस्ता शारिरीक गुणहरु देखिन्छन्।

मानिसमा हुने २३ जोडा क्रोमोजोमहरुमा २२ जोडा अटोजोम र १ जोडा सेक्स क्रोमोजोमर हुन्छन्। अटोजोममा शरीरका विभिन्न गुणहरुको सम्झनार मेमोरी रहेको हुन्छ र त्यसैका आधारमा बच्चाको शरीरको निर्माण हुन्छ भने सेक्स क्रोमोजोममा मुख्यरुपमा बच्चाको लिङ निर्धारण गर्ने मेमोरी रहेको हुन्छ। महिलामा यो एक्स–एक्स र पुरुषमा एक्स–वाई रहेको हुन्छ।

यौनसम्पर्कको बेलामा पुरुषको वीर्यर महिलाको योनीमार्गमा छोडिन्छ। वीर्यमा करोडौंको संख्यामा शुक्रकिटहरुर हुन्छन्, जुन गएर महिलाको डिम्बाशयर बाट निस्केको डिम्बर सँग फेलोपियन ट्युवरमा मिल्छ। यसलाई फर्टिलाईजेसन वा डिम्ब निशेचन हुनु भनिन्छ। यही फर्टिलाइजेसन हुने बेलामा बन्ने नयाँ जाइगोट वा नयाँ जीवन एक्स–एक्स हुने वा एक्स–वाई हुने भनेर फैसला हुन्छ र त्यहीबाट शुरु हुन्छ छोरा वा छोरीको जन्म हुने कथा।

शुक्रकिट र डिम्ब भनेका के हुन्र ?

यी वास्तवमै मानिसको जीवनका उदगम विन्दुहरु हुन्। माथि भनेको जस्तो मानिसको हरेक कोषिका मा २३ जोडा क्रोमोजोम हुने भए शुक्रकिट र डिम्ब ९जुन पनि मानव शरीरका एक प्रकारका कोषहरु हुन्० मिलेर नयाँ कोष बन्दा त्यसमा किन ४६ जोडा क्रोमोजोम भएर त्यो अर्कै जीव किन बन्दैनरु यसैमा प्रकृतिको जादु लुकेको छ। हरेक कोषको विभाजन भएर नयाँ कोष बन्ने बेलामा साधारणतस् माइटोसिस प्रकृयाबाट जस्ताको तस्तै १ बाट २ र २ बाट ४ कोषहरु बन्छन्। तर प्रजननका लागि प्रयोग हुने कोषहरु पुरुषमा शुक्रकिट र महिलामा डिम्ब बन्ने बेलामा केहि फरक हुन्छ। यसलाई मिओसिस प्रकृया भनिन्छ। यो प्रकृयामा पुरुषमा एउटा कोषबाट चारवटा शुक्रकिटहरु बन्छन्, जसमा २३ वटा मात्रै क्रोमोजोम हुन्छन्। त्यस्तै महिलामा पनि २३ वटा क्रोमोजोम भएका चारवटै कोष बन्छन्, जसमा एउटा मात्र डिम्ब बन्छ र बाँकी ३ वटा पोलार बडिज बन्छन्। माथि भनिएजस्तै महिला र पुरुषका शरीरका कोषहरुमा भएका अटोजोमल क्रोमोजोमहरु एकै खालका हुन्छन् तर १ जोडा क्रोमोजोमहरु, जसलाई सेक्स क्रोमोजोम भनिन्छ, तिनीहरु केही फरक हुन्छन्। महिलामा यो एक्स(एक्स हुन्छ भने पुरुषमा एक्स(वाई हुन्छ। यसैले नै मानिसको लिगं निर्धारण गर्ने काम गरेको हुन्छ।

पुरुषमा शुक्रकिट बन्ने बेलामा हुने मिओसिस प्रकृयामा बन्ने चारवटा शुक्रकिटहरुमा दुईटामा एक्स सेक्स क्रोमोजोम र बाँकी दुईटामा वाई बस्न जान्छन्। महिलामा भने बन्ने एउटै डिम्बमा एक्स क्रोमोजोम बस्छ। फर्टिलाइजेसनको बेलामा यदी एक्स बोकेको शुक्रकिट र डिम्बको मिलन भएमा नयाँ कोषरजाइगोटर एक्स(एक्स सेक्स क्रोमोजोम भएको बन्छ, जुन पछि गएर छोरी बन्छ। त्यस्तै वाई बोकेको शुक्रकिट र डिम्बको मिलन भएमा एक्स–वाई सेक्स क्रोमोजोम भएको जाइगोट बन्छ, जसबाट छोराको जन्म हुन्छ।

यो त भयो क्रोमोजोमल सेक्स को कुरा। अर्को हुन्छ, बाहिरबाट देखिने शारीरिक रुपमा महिला वा पुरुष भन्ने कुरा। वाई क्रोमोजोम हुदैंमा बच्चाको कसरी पुरुषको प्रजनन अंगको र नहुदैंमा कसरी महिलाको प्रजनन अंगको विकास हुन्छ ? यसमा वाई क्रोमोजोममा भएका जीनहरुले काम गर्छन्। भ्रुणमा प्रजनन अंगहरु बन्नको लागि मुलेरियन डक्ट र वुल्फियन डक्ट गरी २ प्रकारका नलीहरु हुन्छन्। मुलेरियन डक्टबाट महिलाको भित्री प्रजनन अंगहरु जस्तै फेलोपियन ट्युव, पाठेघर, योनीको भित्री भाग आदी बन्छ भने वुल्फियन डक्टबाट पुरुषको भित्री प्रजनन अंगहरु जस्तै इपीडिडाइमिस भास डिफरेन्स आदी भागहरु बन्छन्। डिम्बाशय र अण्डकोष भने अर्कै भागबाट बन्ने गर्छ।

वाई क्रोमोजोमको जीनले बनाउने टेस्टिस डिटरमाइनिगं फ्याक्टरटिडिएफ ले भ्रुणमा अण्डकोष बनाउने गर्छ, जुन बनेपछि पुरुष हर्मोन टेस्टोसटेरोन डिएचटी मुलेरियन इन्हीबिटिगं फ्याक्टर एमआईएफ उत्पादन गर्छ। यी हर्मोनहरुले मुलेरियन डक्टको विकासलाई रोक्छ र वुल्फियन डक्टको विकासलाई सहयोग गर्छ, जसले गर्दा भ्रुणमा पुरुष प्रजनन अंगहरुको विकास हुनगई बच्चा पूर्णरुपमा छोराको रुपमा जन्म लिन्छ। र यदी वाई क्रोमोजोम छैन भने मुलेरियन डक्टको विकास हुनगई भ्रुण छोरीको रुपमा विकसित हुन्छ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS